काठमाडौं । निजामती सेवा विधेयकमाथि छलफल गर्न ११ सदस्यीय संसदीय उपसमिति गठन भएको छ ।
संसद्को राज्यव्यवस्था समितिले नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुको संयोजकत्वमा निजामती सेवा विधेयकमाथि छलफल गर्न उपसमिति गठन गरेको हो ।
उपसमितिको सदस्य रहेका सांसदहरू अशोक कुमार राई, इश्वरीदेवी न्यौपाने, चन्दा कार्की भण्डारी, प्रकाश अधिकारी, बुद्धिमान तामाङ, रघुजी पन्त, राजेन्द्र पाण्डे, लिलानाथ श्रेष्ठ, सर्वेन्द्रनाथ शुक्ला र हितराज पाण्डे छन् ।
उपसमितिलाई एक महिनाभित्र विधेयकको प्रतिवेदन समितिमा पेस गर्न समयावधि दिइएको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले बताएका छन् ।
























