काठमाडौं । नेकपा एसको केन्द्रीय कमिटीको बैठक जावलाखेलस्थित प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा बस्दैछ । वैठक बिहीबार बस्ने तय भएपनि पार्टीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज विदुर सापकोटाको निधनपछि स्थगित गरिएको थियो ।
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माणसम्बन्धी आगामी कार्ययोजनाबारे छलफल हुँदैछ ।
























