काठमाडौँ । आज वि.सं २०८१ फागुन ९ गते शुक्रबार, ई.स. २०२५ फेबु्रअरी २१, तिथि- फाल्गुुण कृष्णपक्ष अष्टमी, ८ः५३ बजेपछि नवमी, अनुराधा- नक्षत्र, १२ः५९ बजेपछि ज्येष्ठा, व्याघात- योग, कौलव- करण, चन्द्रराशि- वृश्चिक, सूर्योदय- ६ः३८, सूर्यास्त- १७ः५८ ।
मेष : सरकारी कडिकडाउको शिकार भइनेछ ।
वृष : तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ ।
मिथुन : शत्रुले पनि काममा साथ दिने परिस्थिति बन्नेछ ।
कर्कट : हिम्मतले काम लिन नसक्दा केही पछि परिनेछ ।
सिंंह : आश्वासन दिनेहरूबाट नै धोका पाइने छ ।
कन्या : आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ ।
तुला : अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ ।
वृश्चिक : प्रियजनसँगको भेटघाटले दिन रमाइलो बनाउनेछ ।
धनु : विवादले खिन्न बनाए पनि आत्मबल र हौसलामा कमी आउने छैन ।
मकर : आफन्त वा साथीभाइले गर्नैपर्ने काममा सघाउ पुर्याउनेछन् ।
कुम्भ : लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ ।
मीन : बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ ।