काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदैछन् । पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहमा सहभागी हुन प्रधानमन्त्री ओलीले पोखरा जान लागेका हुन् । प्रधानमन्त्री विश्वविद्यालयका पदेन कुलपति हुन्छन् ।
प्रधानमन्त्री ओली पोखरा महानगरपालिका–३०, ढुंगेपाटनमा हुने कार्यक्रममा सहभागी भएपछि सडकलगायत केही विकास आयोजनाको प्रगतिबारे पनि जानकारी लिने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
बिहान ११ बजे बालुवाटारबाटै हेलिकोप्टरमा पोखरा जाने कार्यक्रम रहेको बताइएको छ । प्रधानमन्त्री ओली आज दिउँसो ३ बजे काठमाडौं फर्किएर एक प्रगतिशील बिहेमा सहभागी हुने कार्यक्रम रहेको छ ।
एमाले निकट विद्यार्थी संगठनका नेताहरुको प्रगतिशील बिहेको कार्यक्रम तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा हुने बताइएको छ ।