काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारत जाने भएका छन् । उत्तरप्रदेशस्थित प्रयागराजमा भइरहेको महाकुम्भको अवसर पारेर देउवा भारत जान लागेका हुन् ।
इण्डिया फाउण्डेसनले उत्तरप्रदेशस्थित प्रयागराजमा यही फेव्रुअरी २१ र २२ गते आयोजना गर्ने ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेइनबेलीटी’ कार्यक्रममा वक्ताको रुपमा सहभागी हुन देउवा भारत जान लागेका हुन् ।
देउवा नेपालको पूर्वप्रधानमन्त्रीको हैसियतमा वक्ताका रुपमा जादैछन् भने उक्त कार्यक्रममा युपीका मुख्यमन्त्री योगी आदित्यनाथ सहभागी हुँदैछन् । समिट अन्य देशबाट पनि वक्ताका रुपमा आमन्त्रण गरिएको सार्वजनिक पोष्टरबाट प्रष्ट भएको छ ।
कुम्भ मेला ४५ दिन चलेर १४ फागुनमा सकिँदैछ । कांग्रेस महामन्त्री गगन थापा, प्रवक्ता डा. प्रकाशशरण महत, नेता अर्जुननरसिंह केसी लगायत पनि कुम्भ मेलामा सहभागी भई गंगामा स्नान गरेर फर्किएका छन् ।
कुम्भ ग्लोबल समिटका वक्ताहरु-

























