काठमाडौँ । इजिप्टको गिजा प्रान्तमा सोमबार एउटा भवन भत्किँदा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन्।
गीजा पिरामिड नजिकै केरडासा क्षेत्रमा रहेको तीन तले भवनको दोस्रो तल्लामा विस्फोट भएको हो।
घाइतेहरुलाई नजिकैका अस्पतालहरुमा सारिएको छ। विष्फोटका कारण भएको आगोलाई नागरिक सुरक्षा बलले निभाएको समाचारमा जनाइएको छ।
ग्यास चुहिएर विस्फोट भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ। (रासस)