काठमाडौँ । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ । सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले निर्णायर्थ प्रस्तुत गरेको प्रस्तावलाई सदनले स्वीकृत गरेको हो ।
उक्त विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार इच्छुक सांसदहरूले आफ्नो संशोधन पेस गर्न सक्ने घिमिरेले जानकारी गराएका छन् ।
आइतबार गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमाथि सांसदहरूले गरेको छलफल पछि गृहमन्त्रीले जवाफसमेत दिइसकेका थिए । तर गणपूरक संख्या नपुगेपछि निर्णयार्थ पेस हुन सकेको थिएन ।