काठमाडौँ । भारतको पल्नाडु जिल्लाको राजुपालम मण्डलमा ट्याङ्करले कारलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा शेख नाजिमा ९५००, शेख नुरउल्लाह ९२६० र शेख हबिबुल्लाह ९२४० रहेका छन्।
सत्तेनपल्ली ग्रामीण वृत्तका निरीक्षक सुब्बारावले घटनाको पुष्टि गर्दै विपरित दिशाबाट आएको ट्याङ्कर डिभाइडर नाघेर भित्र रहेका यात्रुसहितको कारसँग ठोक्किएको बताए।
अधिकारीले भने,“कार हैदरावादबाट प्रकाशम जिल्लाको मद्दिपाडु जाँदै थियो। दुर्घटना बिहानै भएको थियो। कारमा सवार तीन यात्रुको घटनास्थलमै मृत्यु भएको थियो।”
यसअघि शनिबार आन्ध्र प्रदेशको श्रीकाकुलम जिल्लामा ३५ विद्यार्थी बोकेको बस पल्टिँदा पाँच विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ। अधिकारीहरूका अनुसार बस आन्ध्र प्रदेशको मन्डासा र उमागिरी बीचको पोखरीमा पल्टिएको थियो।
घाइते विद्यार्थीलाई उपचारका लागि मण्डासा अस्पताल लगिएको छ। मण्डासाका प्रहरी नायब निरीक्षक कृष्णप्रसादले दुर्घटनाको मुद्दा दर्ता भएको पुष्टि गर्नुभयो। पोखरीबाट बस निकालिएको छ। (रासस)