काठमाडौं । संसद्मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर भएको छ। आइतबारको प्रतिनिधिसभामा १० सांसद्ले प्रधामन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका थिए ।
सांसदहरूले मुलुकका समसामयिक विषयमा प्रश्न गरेका थिए भने प्रधानमन्त्रीले प्रश्नको जवाफ दिएका थिए ।
प्रधानमन्त्री ओलीले बेरोजगार युवालाई रोजगारीको अवसर प्रदान गर्न उत्पादन, उत्पादकत्व र रोजगारी अभिवृद्धि हुने खालका कार्यक्रमलाई प्राथमिकता दिई सोही बमोजिम सबै काम अगाडि बढाइएको बताए ।
“देशभित्र रोजगारीका अवसर सिर्जना गर्नका लागि स्टार्टअप उद्यमलाई रु २५ लाखसम्मको सहुलियतपूर्ण कर्जा प्रदान गरिरहेको छ । चालु आर्थिक वर्षमा यस कार्यक्रमबाट एक हजार जनाले सहुलियतपूर्ण कर्जा प्राप्त गर्नेगरी काम गरिरहेका छन्”, प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले विदेशी विनिमय नियमित गर्ने ऐन, २०२१ अनुसार कानुनी कारबाही हुने स्पष्ट गरे ।