काठमाडौं । नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षक (सई) मृत फेला परेका छन् । भोजपुर टेम्केमैयुङ गाउँपालिका घर भइ हाल मोरङ कानेपोखरी गाउँपालिका–७ बस्दै आएका ४९ वर्षीय सई धनराज खतिवडा झापामा मृत फेला परेका हुन ।
जिल्ला प्रहरी कार्यालय झापाको तीन तले ब्यारेकको माथिल्लो तलामा उनी मृत फेला परेको निमित्त सूचना अधिकारी विजय चौहानले जानकारी दिएका छन् । उनका अनुसार माथिल्लो तलाको पानी ट्यांकीमा जाने फलामको भर्याङमा खतिवडा झुन्डिएको अवस्थामा आज विहान फेला परेको चौहानले जानकारी दिएका छन् ।
घटनाबारे परिवारलाई जानकारी दिइसकिएको र घटनाका सम्बन्धमा अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाएको उनले बताएका छन् ।

























