काठमाडौं । सत्तारुढ दलहरूको बैठक आज (शनिबार) बस्दैछ ।
बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दलहरूको बैठक बस्न लागेको हो ।
सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको शुक्रबार बसेको बैठकले आज सत्तापक्षको बैठक बोलाउने निर्णय गरेको थियो ।
आजको बैठकमा संविधान संशोधनका लागि कार्यदल बनाउने, संविधान संशोधनको लागि बन्ने कार्यदलले प्रदेश र जिल्लामा अन्तर्क्रिया गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ ।

























