काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पार्टीको अध्यक्षमा डा. बाबुराम भट्टराई विजयी भएका छन् ।
अध्यक्षका अर्का प्रत्याशी नेत्र चापागाईंलाई हराउँदै भट्टराई अध्यक्षमा विजयी भएका हुन् ।
जम्मा ८७३ मत खसेकोमा भट्टराईले ८ सय २ मत ल्याए । पराजित चापागाईँले ७१ मत ल्याएका छन् ।

























