काठमाडौँ । सुनसहित दुई भारतीय नागरिक नागढुंगाबाट पक्राउ परेका छन् । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बा. प्र ०१–००२ ख ०५४२ नम्बरको बसमा आएका उनीहरूलाई नागढुंगा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत महाराष्ट्रका २७ वर्षका महेश अमृत मानी र २४ वर्षका राहुल खडु सरकला रहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट ३१८ ग्राम सुन बरामद गरेको प्रहररीले जनाएको छ । उनीले अरु पनि सुन ल्याएको आशंकामा बसमा खानतलासीको काम भइरहेको प्रहरीले जनाएको छ ।