काठमाडौं । नेकपा एमाले सांसद ईश्वरबहादुर रिजालले क्यान्टोनमेनमा(माओवादीको लडाकु शिविर) घोटाला नभएको कुरा प्रमुख प्रतिपक्ष दलको नेताको बोलीबाट विश्वास गर्न नसकिने बताएका छन् ।
मंगलवारको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले क्यान्टोनमेनमा गएर आफ्ना लडाकुहरुलाई राज्यले पैसा दिने र त्यसको केही खर्च राखेर अरु विद्रोहको लागि राख्नु भनेर बोल्ने कुराले भ्रष्टाचार भएको पुष्टि हुने जिकिर गरे । सांसद रिजालले त्यो भन्दा ठूलो शब्द प्रमाण के हुन्छ भन्दै प्रश्न समेत गरेका छन् ।
उनले नेकपा (माओवादी केन्द्र) को जिम्मेवार व्यक्तिबाट चीनका व्यापारीसँग पैसा मागेको कुरा पनि सुनिएको भन्दै भ्रष्टाचारमा माओवादी नेताहरु चोखो नरहेको दाबी गरे ।