काठमाडौं । आजको प्रतिनिधिसमा वैठकमा पेश गर्ने भनिएको भ्रष्टाचार निवारणसम्बन्धी विधेयक सम्भावित कार्यसूचीबाट हटाइएको भन्दै नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।
नेकपा (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले आज प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पति भएको भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०७७ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीबाट हठाइएको भन्दै आपत्ति जनाएका हुन ।
संसद्ले सधैं सरकारले जे–जे भन्ने हो त्यही अनुसार गर्न नहुने भन्दै उनले समितिबाट सर्वसम्म रुपमा पारित भएर आएको विधेयक कार्यसूचीबाट हटाएइनुमा आशंका उत्पन्न भएको बताएका छन् ।