काठमाडौँ । कमलपोखरीमा रहेको सानदार मःम पसलमा ग्यास सिलिन्डर बिस्फोट भएर आगलागी हुँदा घाइते भएका ११ जना घाइते दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
यही माघ २४ गते बिहान ग्यास सिलिन्डर बिस्फोट भएर मःम पसलमा आगलागी हुँदा गम्भीर घाइते भएकाहरुको काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार गराइरहेका दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा हेटौँडा स्थायी घर भइ कमलपोखरी बस्ने वर्ष १८ का रविन राई र भीमबहादुर घले रहेका जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिएका छन् ।
केशव श्रेष्ठले सञ्चालन गरेको सानदार मःम सेन्टरको भान्सा घरमा रहेको ग्यास सिलिन्डरबाट ग्यास चुहिँदा दुर्घटना भएको थियो । सो घटनाका घाइते नौ जनाको हाल कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ।

























