काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशबारे संसदको गणपूरक संख्या गन्ने बेला आइनसकेको बताएका छन् । आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले भने ‘अध्यादेशबारे अहिले मतदान गर्ने बेला भएको छैन ।’
सरकारले हिउँदे अधिवेशन सुरु हुनुअघि ६ वटा अध्यादेश ल्याएको थियो । माघ २४ गते निर्णयर्थ पेश गर्नबाट स्थागित भएको अध्यादेश अगाडि बढाउने कार्यक्रम त्यसपछिका वैठकको कार्यसूचीमा परेको छैन ।
अध्यादेश पारित गर्नका लागि राष्ट्रिय सभामा उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल निर्णायक छ । जसपाले अध्यादेशमा आफ्नो मतबारे निर्णय गरिसकेको छैन ।