काठमाडौं । जनता समाजवादी पार्टी (ज.स.पा.) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज(आइतबार) पनि बस्दैछ ।
ललितपुरको बालकुमारी स्थित पार्टीको केन्द्रीय कार्यालयमा बैठक शनिबार देखि शुरु भएको हो ।
बैठकमा ‘जनता सँग जसपा नेपाल अभियान’, आधारभूत सङ्गठन निर्माण अभियान, वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक कार्ययोजना लगायतका एजेन्डामा छलफल भइरहेको छ ।
बैठक आज समापन गर्ने बताइएको छ ।