काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अवरोधका बीच प्रतिनिधिसभा बैठक सुरु भएको छ ।
प्रतिनिधिसभाको हिउँदे अधिवेशनको पहिलो दिन बैठक सुरु हुनासाथ रास्वपाले बैठक अवरोध गरेको हो । सभामुख देवराज घिमिरेले पटकपटक बस्न आग्रह गर्दा पनि नबसेपछि सभामुखले अवरोधकै बीच वैठक शुरु गरेका हुन ।
सभामुखले कार्यसुचिअनुसार वैठक अघि बढाएपछि रास्वपाका सांसदहरु १५ मिनेटका लागि वहिस्कार भन्दै सभाहल बाहिर हिडेका छन् ।