काठमाडौं । शिक्षामन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा ऐन ल्याउन नसके राजीनामा दिने घोषणा गरेकी छन् ।
आज नेकपा (एमाले) को भ्रातृ संगठन नेपाल राष्ट्रिय शिक्षक संगठनको प्रथम प्रदेश परिषद बैठकमा बोल्दै मन्त्री भट्टराईले ऐन आउँदैन, विधेयक बन्दैन भने पदमा नबस्ने घोषणा गरेकी हुन् ।
उनले भनिन्, ‘विद्यालय शिक्षा ऐन आउँदैन, विधेयक बन्दैन भने म पद छोड्छु। विधेयक ल्याउने भनेर बसेको हो ।’ उनले भनिन्, ‘सक्दिनँ भन्ने लाग्यो भने बस्दिनँ।’ राजनीतिमा आउँदा आफूले स्थायी प्राध्यापक र जीवन साथी गुमाएको भन्दै उनले अहिले प्राप्त पद गुमाउन पनि आफू तयार रहेको बताइन् ।