काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरताको कारणले देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यात हरेक कुरामा प्रतिकुल असर पारेको बताएका छन् ।
काठमाडौंको भृकुटिमण्डपमा नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको नेपाल चेम्बर एक्स्पोको बिहीबार शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले अस्थिरताका कारण रोकिएको भएपनि अहिले विकास निर्माणका कामले गति पाएको बताएका छन् ।
प्रधानमन्त्री विदेशबाट सामान ल्याएर विदेशमा नै निर्यात गर्ने कामले नक्कली आँकडा स्थापीत हुन खोजेको भन्दै स्वदेशमा नै उत्पादीत सामाग्रीलाई निर्यात गर्न सक्नुपर्नेमा जोड दिएका छन् ।
विश्वसमा प्रतिष्पर्धी ढंगले सूचना प्रविधिको बिकास भइरहेको सन्दर्भमा नेपालमा त्यसको उचित तवरले प्रयोग गरेर फाइदा लिन सक्नुपर्ने धारणा पनि राखेका छन् ।
आइटी क्षेत्र दैनिक जीवनको महत्वपूर्ण अंग बनिसकेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने ‘अब आइटी सेक्टर चर्चाको मात्रै होइन, हाम्रो व्यवसायको, हाम्रो दैनिक जीवनको हरेक चिजको एउटा अभिन्न र महत्वपूर्ण अंग बनिसकेको छ । नेपाल अगाडि बढ्दैछ। अझ तिब्रताका साथ अगाडि बढ्न चाहिरहेको छ। यस बीचको केही अन्तरालको बहुत्तै असहज राजनीतिक अस्थिरता जस्ता कुराले देशको अर्थतन्त्र, उद्योग, देशको व्यवसाय, व्यापार, उत्पादन र निर्यात हरेक कुरामा प्रतिकुल असर पारेको सबैलाई थाहा छ ।’
प्रधानमन्त्री ओलीले फेरि अर्थतन्त्र र समाजलाई समयानुकुल ढंगले लयमा फर्काउन, गतिशिल बनाउन र २०२६ बाटै अल्पविकसितबाट मध्यमस्तरको आय भएको देशमा पु¥याउने गरी काम गरिरहेको बताएका छन् ।
भृकुटीमण्डपमा आगामी माघ २१ गतेसम्म चल्ने चेम्बर एक्स्पोमा हस्तकलाका वस्तु, सवारीसाधन, घरजग्गा व्यवसायी, पहिरन, पाठ्यपुस्तक, सूचना प्रविधि लगाएतका क्षेत्रको स्टल रहेका छन् ।