काठमाडौँ । अमेरिकामा उडिरहेका विमान र सेनाको हेलिकप्टर आपसमा ठोकिँदा भएको दुर्घटनामा १८ शव नदीबाट निकालिएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्थानीय समय बुधबार राति ९ बजे रेगन वासिङ्टन राष्ट्रिय विमानस्थलनजिकै चालक दलका ४ सदस्यसहित ६४ जना सवार विमान र ३ सैनिक चढेको हेलिकप्टर ठोकिएर पोटोम्याक नदीमा खसेका थिए ।
सीबीएस न्युजमा प्रकाशित समाचार अनुसार घटनास्थलबाट स्थानीय समय बुधबार राति ११ः३० बजेसम्म १८ वटा शव निकालेको छ । अहिलेसम्म कोही पनि जीवित फेला परेका छैनन् । खोजी तथा उद्धार जारी रहेको बताइएको छ ।
कान्सासको विचिटाबाट उडेको अमेरिकन इगल फ्लाइट ५३४२ विमान अवतरण गर्न खोजिरहेका बेला सेनाको हेलिकप्टरसँग ठोकिएको थियो ।
भर्जिनियाको फोर्ट बेलभोइरमा रहेको ३ सदस्य सवार सेनाको उक्त हेलिकप्टर प्रशिक्षण उडानमा थियो ।