काठमाडौं । समाजवादी मोर्चाको वृहत् अन्तरक्रिया कार्यक्रम आज (मंगलबार) गर्ने भएको छ ।
कार्यक्रम प्रज्ञा भवन कमलादीमा आज दिउँसो १२ बजे शुरु हुनेछ । मोर्चामा नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेसपा र नेकपा सहभागी छन् ।
‘वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ विषयक कार्यक्रममा सहभागी हुन मोर्चाका नेताहरूले आग्रह गरेको छन् ।

























