काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज सत्ता गठबन्धन दलको बैठक बोलाएका छन् । अध्यादेशमा एकै स्वर बनाउन प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे बालुवाटारमा बैठक राखेका हुन् । सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिन काङ्ग्रेस र एमालेले आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् ।
तर, अन्य दल भने अध्यादेश ल्याएकोमा खुशी छैनन् । सोही विषयमा साझा मत बनाउन प्रधानमन्त्री ओलीले बैठक बोलाएको बताइएको छ । हाल ओली नेतृत्वको दल नेकपा एमाले, नेपाली कांग्रेस, जसपा, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टी सत्तामा छन् ।
संसद् बैठक आगामी माघ १८ गते दिउँसो १ बजे बोलाइएको छ । बैठकमा प्रधानमन्त्री ओलीले आफ्ना धारणा राख्ने कार्यक्रम तय भएको छ ।