काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा.) को केन्द्रीय समिति बैठक आज (आइतबार) पनि जारी रहनेछ।
बैठक शुक्रबार देखि काठमाडौंको धुम्बाराही स्थित एक होटलमा शुरु भएको हो ।
जारी बैठकमा पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक र साङ्गठनिक परिस्थिति, वैशाख मसान्तसम्ममा सबै जिल्ला अधिवेशन गर्ने लगायतका विषयमा छलफल भइरहेको छ।
शनिबार ८० भन्दा धेरै केन्द्रीय सदस्यले बोलेको र अन्यले पनि बोल्न बाँकी रहेकोले आज आफ्नो धारणा राख्ने बताइएको छ ।
बैठक आज समापन गर्ने तयारी रहेको छ ।