काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ धरानलाई खानेपानी माग गर्न सिंहदरवारस्थित खानेपानी मन्त्रालय पुगेका छन् ।
रितो गाग्री लिएर हिजो काठमाडौं आइपुगेका साङपाङ आज सो गाग्री लिएर सिंहदरबार छिर्न खोजेका थिए । तर, प्रहरी गाग्री लिएर जान नपाइने बताएपछि उनी प्रहरीलाई गाग्रो जिम्मा लगाएर सिंहदरवार छिरेका हुन ।
आजै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।
धरानमा पानी सधैंको चुनावी एजेण्डा बन्ने गरेको छ । हर्कले पनि चुनावी मुद्दा खानेपानीलाई नै बनाएका थिए । तर समस्या उस्तै छ ।
धरानमा ४१ वर्षसम्म पानी वितरण गरिरहेको खानेपानी संस्थान विघटन गरेर २०७७ फागुनमा खानेपानी व्यवस्थापन बोर्ड गठन गरियो तर पानीको अभाव उस्तै रहेकाले खानेपानी माग्न उनी सिंहदरवार आएका हुन । साङपाङले आफ्नो माग सुनुवाई नभई अर्कै रुपमा प्रस्तुत हुन वाध्य हुने चेतावनी पनि दिँदै आएका छन् ।