काठमाडौं । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशी जिल्ला अदालत काठमाडौंमा हाजिर भएका छन् । आइतबार आफैं अदालत हाजिर भएका उनको आजैबाट बयान तथा थुनछेक बहस सुरु हुनेछ ।
जोशीको बयान तथा थुनछेक बहस काठमाडौं जिल्ला अदालतका न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा हुनेछ । बयान तथा थुनछेकपछि जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाड्ने भन्ने आदेश आउनेछ । जोशी गोर्खा मिडियाका पूर्व प्रवन्ध निर्देशक हुन् ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सो प्रकरणमा रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछाने ६० लाख धरौटी तिरेर छुटिसकेका छन् ।