काठमाडौँ । आज वि.सं २०८१ पौष २८ गते आइतबार, ई.स. २०२५ जनवरी १२, तिथि- पौष शुक्लपक्ष चतुर्दशी, मृगशिरा- नक्षत्र, ११ः२७ बजेपछि आद्र्रा, ब्रह्म- योग, गर- करण, चन्द्रराशि- मिथुन, सूर्योदय- ६ः५८, सूर्यास्त- १७ः२७ ।
मेष : मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ ।
वृष : तत्काल लाभ नभए पनि पछिका लागि काम गर्ने समय छ ।
मिथुन : नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ ।
कर्कट : प्रियजनसँग रमाइलो भेटघाट हुनेछ ।
सिंह : सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ ।
कन्या : स्वास्थ्य र अर्थका हिसाबले दिन कमजोर रहनेछ ।
तुला : जोखिमपूर्ण वा विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला ।
वृश्चिक : प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।
धनु : समस्या दर्शाउँदा सहयोग गर्नेहरू भेटिनेछन् ।
मकर : विवाद तथा प्रतिस्पर्धामा आज भाग नलिनुहोला ।
कुम्भ : अरूको विचारमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुनेछ ।
मीन : दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ ।