काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले भेट गरेका छन् । शुक्रबार बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक परिस्थिति र संविधान संशोधनलगायतका बारेमा छलफल भएको बताइएको छ ।
भेटमा प्रधानमन्त्री ओलीले सहमतिको आधारमा संविधान संसोधन गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराएको थापाको सचिवालयले जनाएको छ ।
संविधान संशोधनबारे अध्यक्ष थापाले राखेको जिज्ञासामा प्रधानमन्त्री ओलीले संसदमा रहेका कतिपय दलहरूले संविधान संशोधन गर्न नदिने बताइरहेको सन्दर्भमा सहमति बनाउन समय लाग्ने देखिएको र त्यस्तो अवस्थामा संशोधन प्रक्रिया पछि २०८७ तिर धकेलिन सकिने धारणा राखेको थापाको सचिवालयले जनाएको छ ।
सो अवसरमा पछिल्लो समय देश गम्भीर संकटबाट गुज्रिरहेको बारे थापाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको बताइएको छ ।