काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ नेकपा एमालेमा फर्किएका छन् । पार्टी केन्द्रीय कार्यालयमा हिजोबाट जारी केन्द्रीय कमिटीको बैठकबीचमै उनी आज एमालेमा भित्रिएका हुन् ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूले चेपाङलाई पार्टीमा स्वागत गरेका छन् । संविधानसभा सदस्यसमेत रहेका चेपाङ नेकपा एसको आदिवासी जनजाति फाँटका सहइञ्चार्ज थिए ।
उपचुनावअघि मात्र केन्द्रीय सदस्य जंगवहादुर शाही एमालेमा फर्किएर महाबु गाउँपालिका अध्यक्ष निर्वाचित भइसकेका छन् ।
एमालेको जारी बैठकमा ६४ केन्द्रीय सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखिसकेका छन् । अन्यले धारणा राख्ने क्रम जारी छ ।