काठमाडौँ । काठमाडौँबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज कलसानइन ९एन–एजेएसको दायाँ इञ्जिनमामा प्राविधिक समस्या आएपछि पुनः काठमाडौँ डाईभर्ट गरेर अवतरण भएको छ ।
बुद्ध एयरका अनुसार डाईभर्ट गरिएको जहाजलाई ११ः १५ मा त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराईएको छ। जहाजलाई टेक्निकल टिमले चेकजाँच गरिरहेको र यात्रुहरुलाई अर्को जहाजबाट भद्रपुर पठाउने तयारी भइरहेको बुद्ध एयरले जनाएको छ ।
काठमाडौंबाट १० :३८ मा उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो ।