काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा नफर्किने सुझाव दिएका छन् ।
पूर्वराष्ट्रपति भण्डारी समेत सहभागि भएको शुक्रबार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्धारा लिखित ‘आमा,सपना र ताराहरु’ कृति विमोचन कार्यक्रममा बोल्दै शर्माले भण्डारी अब राजनीतिमा आउनुभन्दा सामाजिक रुपान्तरणको नायक बन्नुपर्ने बताएका हुन ।
पूर्वराष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय हुने समाचारहरु सार्वजनिक भइरहेको सन्दर्भमा महामन्त्री शर्माले भने ‘पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक रुपान्तरणको प्रेरणाका रूपमा काम गर्नुपर्दछ, यद्यपि राजनीतिमै आउन चाहनुभएको हो कि, नेताहरूले ल्याउन खोज्नुभएको हो । यदि मलाई कसैले सोध्छ भने म अहिलेसम्मका दुवै पूर्वराष्ट्रपति –विद्यादेवी भण्डारी र डा. रामवरण यादवहरू सामाजिक रुपान्तरणको नायक बन्नुपर्छ भन्ने मान्यता राख्दछु ।’
नेकपा एमालेकी तत्कालीन उपाध्यक्ष रहेकी भण्डारी राष्ट्रपतिको जिम्मेवारीबाट बिदा भएपछि फेरि सक्रिय रानीतिमा फर्किन वार्मअप गरिरहेको समाचारहरु आइरहेका छन् । एमालेभित्र पनि पूर्वराष्ट्रपतिको रानजीतिक सक्रियताका बारेमा मतभिन्नता देखिएको छ । अधिकांस नेताहरुले सक्रिय राजनीतिमा नआउँदा राम्रो हुने बताएक छन् भने केहीले सक्रिय राजनीति गर्दा राम्रो हुने बताइरहेका छन् ।