काठमाडौँ । आज वि.सं २०८१ पौष ७ गते आइतबार, ई.स. २०२४ डिसेम्बर २२, तिथि- पौष कृष्णपक्ष सप्तमी, १५ः३३ बजेपछि अष्टमी, पूर्वफाल्गुनी- नक्षत्र, ०८ः०३ बजेपछि उत्तरफाल्गुनी, आयुष्मान्- योग, वव- करण, चन्द्रराशि- सिंह, सूर्योदय- ६ः५२, सूर्यास्त- १७ः१२ ।
मेष : परिश्रम गरे अनुसारको उपलब्धि प्राप्त गर्न कठिनाइ हुनेछ ।
वृष : शरीरमा आलस्य र थकानको अनुभव हुनेछ ।
मिथुन : मिहिनेत र परिश्रमको राम्रो प्रतिफल प्राप्त हुनेछ ।
कर्कट : पुरानो र बिर्सिसकेको साथीसँग भेट हुने सम्भावना छ ।
सिंह : लगानी गरेको धनबाट शीघ्र प्रतिफल पाइने छैन ।
कन्या : मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवादको सम्भावना छ ।
तुला : सोच्दै नसोचेको धन प्राप्त हुनसक्छ ।
वृश्चिक : व्यापारबाट सोचेजस्तै लाभ प्राप्ति हुने योग छ ।
धनु : मनोरञ्जन र खेलवाडका कारण अध्ययनको क्षेत्रमा बाधा पुग्नसक्छ ।
मकर : रिसराग र उत्तेजनामाथि नियन्त्रण गर्नु बेस हुनेछ ।
कुम्भ : सुखसुविधा र आनन्द प्राप्तिका लागि मन लालायित बन्न सक्छ ।
मीन : घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ ।