काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालको स्टन्ट र प्रोपोगान्डाबाट उदाएकाहरू त्यसैको चरम दुरूपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर भएको टिप्पणी गरेका छन् ।
महासचिव पोखरेलले बिहीबार सामाजिक सञ्जालमा लेखेका छन् – “सोसल मिडियाको स्टन्ट र प्रपोगान्डाबाट राजनीतिमा उदाएकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिन्छन् । अति सर्वत्र वर्जयेत् ।”
महासचिव पोखरेलले कसैको नाम नलेखी यस्तो टिप्पणी परेका छन् । उनको टिप्पणी रास्वपाका नेताहरुप्रति लक्षित भएको अनुमान गरिएको छ ।
बुधबार रातिदेखि रास्वपाका नेता कार्यकर्ताहरुले सभापति रवि लामिछानेको हिरासतको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै तस्बिर कसले र किन सार्वजनिक गर्यो भन्दै प्रहरीमाथि प्रश्न उठाइरहेका छन् ।