काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा चितवन राइनोजलाई पराजित गर्दै कर्णाली याक्स क्वालिफायर २ मा प्रवेश गरेको छ ।
बुधबार भएको एलिमिनेटर खेलमा चितवनलाई २१ रनले हराउँदै कर्णाली दोस्रो क्वालिफयरमा पुगेको हो छ भने चितवन प्लेअफबाटै बाहिरिएको छ ।
कर्णालीले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५४ रन मात्र बनाएको छ ।
कर्णालीले अब फाइनलमा पुग्न पहिलो क्वालिफायरमा पराजित हुने टोलीविरुद्ध खेल्नेछ । पहिलो क्वालिफायरमा आजै सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।
चौथो स्थानमा पुगेसँगै चितवनले १५ लाख रुपैयाँ पुरस्कार रकम पाउने भएको छ ।