काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देश बनाउनका बनेको बताएका छन् । आइतवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘यो राजनीति गर्न बनेको पार्टी होइन, देश बनाउन बनेको पार्टी हो ।’
एमाले जन्मैदेखि एउटा महान उद्देश्य काँधमा बोकेर जन्मिएको बताउँदै अध्यक्ष ओलीले देशमा सकारात्मक परिवर्तन ल्याउन र नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी एमालेले काम गरिरहेको दावी गरेका छन् ।
जनताले परिवर्तनको अनुभूति पाउने गरी काम गर्न नेता–कार्यकर्ताहरुलाई निर्देशन दिँदै ओलीले परिस्थितिमा परिवर्तन ल्याउने गरी व्यवहारिक, मूर्त रुप दिने काम गर्ने विश्वास लिएको बताएका छन् ।
गरिबी निवारण हुनु, जनताले सजिलोसँग बाँच्न पाउनु, बाँच्नका लागि खान, लगाउन, बस्न पाउनु जनताको अधिकार भएको बताए ।