काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यकारी परिषद्ले एकै पटक ८ डीन र ३ निर्देशक नियुक्त गरेको छ । रजिस्ट्रार केदार प्रसाद रिजालका अनुसार शनिबार डीन नियुक्त गरिएको हो । प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले पुस ७ गते भित्र नियुक्त गर्न निर्देशन दिएका थिए ।
कार्यविधिको आधारमा सर्वसम्मतिले डीन नियुक्त गरिएको रिजालले बताएका छन् । उनका अनुसार दोस्रो पटक डीन नदोहोर्याउने नीति छ । छनोट समितिले सिफारिस गरेका तीन जनामध्ये मेरिटका आधारमा एक जना छान्ने नीति परिषद्ले लिएको छ ।
को–को नियुक्त भए डीन
शिक्षाशास्त्र संकाय – प्रा।डा. बेदराज आचार्य
वन विज्ञान अध्ययन संस्थान – सहप्राध्यापक ठाकुर सिलवाल
चिकित्साशास्त्र अध्ययन संस्थान – प्रा.डा. मोहोनराज शर्मा
मानविकी तथा सामाजिकशास्त्र – प्रा.डा. द्विविनन्द ढकाल
व्यवस्थापन संकाय – प्रा।डा. महानन्द चालिसे
विज्ञान तथा प्रविधि अध्ययन संस्थान – प्रा.डा. शंकर खनाल
कृषि र पशुविज्ञान अध्ययन संस्थान – सहप्राध्यापक डा. किशोरचन्द्र दाहाल
इन्जिनियरिङ अध्ययन संस्थान – प्रा.डा. सुशीलबहादुर बज्राचार्य
तीन निर्देशक पनि नियुक्त
त्रिविको कार्यकारी परिषद्ले नियुक्त गरेका तीन निर्देशकहरु-
शिक्षा विकास तथा अनुसन्धान केन्द्र – डा. सहप्राध्यापक राजेन्द्र कुँवर
व्यवहारिक तथा प्रविधि अनुसन्धान केन्द्र – प्रा.डा. मीना राजभण्डारी
योजना निर्देशनालय – सहप्राध्यापक डा. लक्ष्मीकान्त शर्मा