काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि पोखरामा प्रदर्शन गरेको छ । सभापति रवि लामिछानेलाई वीरगञ्जबाट पोखर ल्याउने भएपछि पृथ्वीचोकमा रास्वपा कार्यकर्ताहरू प्रदर्शन गरिरहेका छन् । लामिछानेलाई सिमराबाट काठमाडौं हुँदै विमानबाट पोखरा पुर्याइएको छ ।
वीरगन्जको साना पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाबारे बयान सकाएर प्रहरीले केहीबेर अघि रविलाई पोखरा पुर्याएको हो ।
प्रदर्शनमा सहभागीहरूले ‘मानव अधिकार कायम गर, मानव अधिकार उल्लंघन गर्न पाइँदैन, आईजीपीलाई अनुसन्धान गर, भ्रष्ट सरकार मुर्दावाद, सहकारी पीडितलाई न्याय दे’ लगायतका नाराहरू लगाएका छन् ।
लामिछाने जोडिएको सबैतिर बयान सकिएसँगै संगठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरणको अनुसन्धान लगभग अन्तिम चरणतिर पुगेको प्रहरीले जनाएको छ ।