काठमाडौँ । सहकारी ठगी मुद्दामा बयानका लागि वीरगन्ज पुर्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आजबाट शुरु हुँदैछ ।
पूर्वडीआईजी छविलाल बन्जाडे जोशी र रामबहादुर खनालको बयान सोमबार नै सकिएकाले अब रविको वयान शुरु हुने भएको हो । जोशी र खनाललाई आजै जहाजबाट सिमरा–काठमाडौं उडान हुँदै पोखरा पठाइने प्रहरीले जनाएको छ ।
वीरगन्ज महानगरपालिका–६, आदर्शनगरमा सञ्चालित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाबाट अवैध तवरले गोर्खा मिडिया नेटवर्क प्रालिमा ८ करोड ५८ लाख ४४ हजार रुपैयाँ प्रवाह गरिएको मुद्दामा उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।