काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे धारणा बनाउन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री ओलीको यही मंसिर १७ देख २० गतेसम्म भएको चार दिने चीन भ्रमणको क्रममा भएको बीआरआईसम्बन्धी फ्रेमवर्कको सहमतिबारे कांग्रेसले आधिकारिक धारणा बनाउन आगामी सोमबार विहान ९ बजेको लागि वैठक बोलाएको हो ।
बीआरआईअन्तर्गतका योजना अनुदानमात्रै लिने सहमति गरिएकोमा चीनमा ऋणको बाटो खोलिएको भन्दै कांग्रेसबाट परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेताहरु एनपी साउद र डा. प्रकाशशरण महतले आलोचना गरिरहेका छन् ।
नेताहरुले सार्वजनिक रुपमै बीआरआई फ्रेमवर्क सम्झौताप्रति असन्तुष्टि पोखेपछि सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् ।