वीरगञ्ज । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले विद्युतीय गाडी नामी र सेरेसको नयाँ शोरुम उद्घाटन गरेका छन् ।
नेपालका लागि डोङफेङ नामी र सेरेसको आधिकारिक बिक्रेता एमएडब्ल्यू वृद्धि मोटर्सले वीरगञ्जमा नारायणी अटोकर्पसँगको साझेदारीमा सञ्चालन गरेको नयाँ शोरुम बुधबार मन्त्री गुप्ताले उद्घाटन गरेका हुन ।
उद्घाटनका क्रममा मन्त्री गुप्ताले नेपालभर आफ्नो प्रभाव विस्तार गर्ने र आफ्ना ग्राहकहरूको आवश्यकता पूरा गर्ने एमएडब्ल्यू वृद्धिको प्रतिबद्धतामा महत्वपूर्ण कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे । ‘नेपालको प्रमुख व्यापारिक सहरहरूमध्येको एक हो वीरगञ्ज । यहाँ यस प्रकारका प्रतिष्ठित कम्पनीहरूले आफ्नो सेवा विस्तार गर्नु समग्र वीरगञ्जवासीका लागि खुसी र गौरवको कुरा हो,’ मन्त्री गुप्ताले भने, ‘यी र यस्ता प्रतिष्ठित अनि ठूला कम्पनीहरू वीरगञ्जमा अझै आउनुपर्छ र व्यापारिक गतिविधिहरू व्यापक बन्नुपर्छ ।’
नामी र सेरेसको नयाँ शोरुम खुलेसँगै वीरगञ्जमा बिक्रेताको प्रभाव बढ्ने र खरिदकर्ताहरू लाभान्वित हुने विश्वास मन्त्री गुप्ताको छ । वीरगञ्ज निकै राम्रो सम्भावना बोकेका नयाँ–नयाँ बहुराष्ट्रिय कम्पनीहरूको व्यापारिकस्थल रहँदै आएको चर्चा गर्दै मन्त्री गुप्ताले वीरगञ्जलाई आफ्नो मुख्य व्यापारिकस्थल बनाउन राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूलाई आग्रह गरेका छन् ।
वीरगञ्जको मुटुमा रहेको प्रतिमा चोकमा अवस्थित नयाँ शोरुमले आगन्तुकहरूलाई डोङफेङ र सेरेसका नवीनतम ईभी मोडलहरूको उत्साहजनक अनुभव प्रदान गर्ने एमएडब्ल्यू वृद्धि मोटर्सका डिलर हेड गोविन्द भुसालले बताए ।
ग्राहकको अनुभवलाई ध्यानमा राखेर डिजाइन गरिएको शोरुममा योग्य कर्मचारीहरूको एक समर्पित टोली व्यक्तिगत परामर्श र परीक्षण ड्राइभहरू प्रदान गर्न तयार रहेको उनको भनाइ छ । वीरगञ्ज शोरुमको उद्घाटनसँगै एमएडब्ल्यू वृद्धि मोटर्सले नेपालमा आफ्नो प्रभाव बलियो बनाएको दाबी भुसालले गरेका छन् ।
कार्यक्रममा एमएडब्ल्यू वृद्धि मोटर्सका डिलर हेड गोविन्द भुसाल, नारायणी अटोकर्पका प्रबन्ध निर्देशक रजत बजाज, नारायणी अटोकर्पका निर्देशक रवि केयाल र नारायणी अटोकर्पकै रवि बजाज लगायतका विशिष्ट अतिथीहरूको उपस्थितिमा रहेको थियो ।
टेस्ट ड्राइभ क्याम्प सञ्चालन
शोरुम उदघाटनको अवसरमा वीरगञ्जमा अहिलेसम्मकै ठूलो ‘एक्सचेञ्ज र टेस्ट ड्राइभ क्याम्प’ पनि सञ्चालन गरेको नारायणी अटोकर्पले जनाएको छ । यही मंसिर गते शुक्रबारसम्म हरेक बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सो क्याम्प सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ ।
क्याम्पले ग्राहकहरूलाई नवीनतम विद्युतीय सवारी साधनहरूको अन्वेषण र परीक्षण गर्ने, विशेष लञ्च अफरहरूको आनन्द लिने र उत्कृष्ट एक्सचेञ्ज मूल्य र अतिरिक्त बोनसहरूका साथमा आफ्नो सवारीलाई अपग्रेड गर्ने अनुपम अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ ।
आगन्तुकहरूले प्रत्येक नयाँ खरिदको साथमा अन–स्पट फाइनान्सिङ र निःशुल्क सामानहरूको फाइदा लिन सक्ने छन् । खानाका स्टलहरू, संगीत, परिवार–अनुकूल गतिविधिहरू र प्रत्येक टेस्ट ड्राइभ वा मूल्याङ्कनका लागि विशेष उपहारहरूको साथमा कार्यक्रम उत्साहपूर्ण भइरहेको बताइएको छ ।
वीरगञ्जमा विरलै हुने यस कार्यक्रमको हिस्सा बन्ने र दिगो ड्राइभिङको भविष्यको अनुभव गर्ने मौका नगुमाउन कम्पनीले आफ्ना ग्राहक र आम सर्वसाधारणमा आग्रह गरेको छ ।