काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समर्थक र प्रहरीबीचको चितवनमा मुठभेड भएको छ । जिल्ला प्रहरी कार्यालय अगाडि रास्वपा कार्यकर्ता र रवि लामिछानेका समर्थकले प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि बल प्रयोग गर्न वाध्य हुनु परेको प्रहरीले जनाएको छ । प्रदर्शनकारीको ढुंगा लागेर २० भन्दा बढी प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रदर्शनकारीतर्फ पनि दर्जनौं घाइते भएका छन्, तर यकिन विवरण भने आएको छैन ।
प्रहरीले प्रदर्शन नियन्त्रण गर्ने क्रममा लाठी चार्ज गर्नुका साथी पानीका फोहरा र अश्रुग्यास प्रहार गरेको थियो । तितरबितर भएका रवि समर्थकले फेरि प्रहरी कार्यालय अघि जम्मा भएका छन् ।
चितवनमा सहकारी ठगी आरोपमा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि वयान लिने क्रम जारी छ ।