बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयको दीक्षान्त कार्यक्रमका लागि प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आइपुगेका छन् ।
प्रधानमन्त्रीलाई भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा मुख्यमन्त्री चेतनारायण आचार्यलेले स्वागत गरेका छन् । प्रधानमन्त्री ओली र उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, शिक्षामन्त्री विद्या भट्टराई लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा सहभागी हुने लुम्बिनी आएका हुन् ।
विश्वविद्यालयमा आज २८९ जना विद्यार्थी दीक्षित हुँदैछन् ।