पोखरा । सहकारीको रकम अपचलन मुद्दामा प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पुर्वगृहमन्त्री रवि लामिछानेमाथि थप १५ दिनको म्याद थप भएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश भिमलाल बेल्बासेको इजलासले लामिछानेमाथि थप १५ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
कात्तिक २ गते काठमाडौंबाट पक्राउ रविविरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । आज पाँचौ पटक म्याद थप भएको हो । पछिल्लोपटक गत कात्तिक २५ गते थपिएको १३ दिनको म्याद सकिएपछि आज प्रहरीले जिल्ला अदालतमा उपस्थित गराएको थियो ।
पोखराको सूर्यदर्शन सहकारीबाट करिब ५ करोड रुपैयाँ गोर्खा मिडियामा गएको भन्दै मिडियाका अध्यक्ष जीबी राई, तत्कालीन प्रबन्धक रवि लामिछाने, सञ्चालक छविलाल जोशी, कुमार रम्तेल लगायत विरुद्ध उजुरी परेको छ ।