काठमाडौं । सिनामंगलको एक होटलमा युवा–युवती मृत भेटिएपछि घटनास्थलमा प्रहरी पुगेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार दुवै जना झुण्डिएको अवस्थामा मृत रहेको भन्ने जानकारी आए पछि प्रहरी टोली घटनास्थलमा भर्खर पुगेको छ ।
होटल जन्मभूमिको एउटै कोठामा मृत भेटिएका उनीहरूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ । उनीहरूले बरण्डाको रेलिङमा सेतो रङको कपडाको सलले दुवै घाँटीमा पासो लगाएका थिए ।
मृत भेटिएकामा सुनसरी जिल्ला ठेगाना भएका करिव २५–२६ वर्ष उमेरका रमेश माझी र त्यस्तै उमेरकी नाम नखुलेकी युवती रहेको प्रहरीले जनाएको छ ।
उनीहरू शनिबार साँझ ६ बजे उक्त होटलमा पुगेका थिए । चौथो तलाको कोठा नम्बर १२० मा बसेका उनीहरू आइतबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।