काठमाडौं । सहकारी ठगीमा अनुसन्धानका लागि कात्तिक २ देखि कास्की जिल्ला प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज अदालत उपस्थित गराएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगीमा चौथोपटक थपिएको १३ दिनको म्याद सकिएपछि प्रहरीले लामिछानेलाई थप समय हिरासतमा राख्ने अनुमति माग्न आज पाँचौँपटक कास्की जिल्ला अदालतमा पेस गरेको हो ।
अब म्याद थप गरेर उनलाई काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अनुसन्धानका लागि ल्याउन प्रहरीको तयारी छ ।