कञ्चनपुर । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीका चौधरी निर्विरोध निर्वाचित भएकी छन् । नागरिक उन्मुक्ति पार्टीकी रुपमति डगौराले उम्मेदवारी फिर्ता लिएपछि कांग्रेसकी चौधरी निर्विरोध भएकी हुन् ।
बुधबार नागरिक उन्मुक्ति पार्टीका नेता लक्ष्मणकिशोर चौधरी, टीकापुर नगर प्रमुख रामलाल डगौरा थारु, नेपाली कांग्रेस कैलाली सभापति नारायणदत्त भट्टलगायतका नेताको उपस्थितिमा डगौराले उम्मेदवारी फिर्ता लिएकी हुन् ।
०७९ को स्थानीय तह चुनावपछि जिसस प्रमुख जितेका पदमबहादुर कलेलको ०७९ पुस २३ मा उपचारको क्रममा निधन भएपछि रिक्त पदमा उपचुनाव भएको हो ।