काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपा एमाले र नेपाली कांग्रेसका शीर्ष नेताहरुबीचको छलफल ढिलो शुरु हुँदा ६ बजे बस्ने भनिएको मन्त्रिपरिषद् बैठक भने स्थगित गरिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा चलेको छलफलमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री आरजु राणा देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल लगायत सहभागी छन् ।
सत्तारुढ दुई दलबीच मन्त्रिपरिषद्का सदस्यहरूमा हेरफेर, प्रधानमन्त्रीको विदेश भ्रमण, बीआरआई सम्झौता कार्यान्वयन लगायतका विषयमा समान धारणा बनाउन नेताहरू छलफल हुने बताइएको छ ।