काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाका अनुसार सामाजिक सन्जालमार्फत् अफवाह फैलाएकाले प्रारम्भिक अध्ययन गरेर प्रसाईलाई नियन्त्रणमा लिइएको हो ।
प्रसाईंविरुद्ध सीआईबी मातहतकै साइबर क्राइम ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
उनलाई सीआईबीमा ल्याइएलगत्तै जिल्ला अदालतमा म्याद थपका लागि पठाइने बताइएको छ ।
प्रसाईले प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिका विरुद्ध सामाजिक सञ्जालका माध्यमबाट भ्रम छरेकाले त्यस कसुरमा आकर्षित हुने दफाबमोजिम मुद्दा अगाडि बढ्ने प्रहरीले जनाएको छ ।
भ्रमपूर्ण भिडियो उत्पादन र प्रशारणमा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको सीआईवीले जनाएको छ ।