काठमाडौँ । देशभर पश्चिमी र पहाडी भागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।
जसको प्रभावले कोशी, बागमती र गण्डकीका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानको मौसम सफा रहेको छ। तराईका केही स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
दिउँसो कोशी, बागमती र गण्डकीका पहाडी भागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सफा रहनेछ। कोशी र गण्डकीका पहाडी भूभागमा हल्का वर्षाको सम्भावना छ।
यसैगरी, राति कोशी र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानामा सफा रहने महाशाखाले जनाएको छ।